पोखरा पर्वतीय संग्रहालयमा ‘काटोग्राफिक म्याप’

पाेखरा | मंसिर २५, २०८०

पोखरा पर्वतीय संग्रहालयमा ‘काटोग्राफिक म्याप’

पोखरा:   पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा नेपालको सम्पूर्ण भेगको जैविक, भौगोलिक तथा सांस्कृतिक स्थिति देखिने गरी ‘काटोग्राफिक म्याप’ स्थापना गरिएको छ । नेपालका राष्ट्रिय निकुञ्ज, जैविक तथा सांस्कृतिक विविधता देखिने गरी एसिमोडले नक्सा बनाइदिएको हो ।


पोखरामा जारी आठौं अन्तर्राष्ट्रिय महोत्सवको अवसरमा इसिमोडकी प्रतिनिधि छिमी सेल्डन, गण्डकी प्रदेशका राप्रपा संसदीय दलका नेता पञ्चराम तमुसहितले काटोग्राफी म्यापको डमी उद्घाटन गरेका हुन् ।


सेल्डनले निकट भविष्यमै डिजिटल नक्सा राख्ने र हाललाई डमीका रुपमा उक्त नक्सा संग्रहालयमा राखिएको जानकारी दिइन् । ‘पछि यहाँ ठूलो डिजिटल नक्सा राख्ने गरी तयारी भइरहेको छ । यसमा यहाँ अवलोकन गर्न आउने दर्शकले स्क्रिनमा जुन ठाउँमा छुन्छन्, त्यसपछि प्रश्नोत्तरसहित जानकारी लिन सक्नेछन्,’ उनले भने ।


उक्त नक्साले नेपालको भूगोलसहित जीवनशैली तथा जैविक विविधता बुझ्न मद्दत गर्ने विश्वास संग्रहालयकी कार्यकारी अधिकृत निर्मला न्यौपानेको छ । उनले भनिन्, ‘यो नक्सा स्थापना भयो संग्रहालय अझ डिजिटल बन्ने नै छ । अवलोकनकर्ताले देश बुझ्न अझ सहयोग पुग्ने विश्वास लिएका छौं ।’


शुक्रबारबाट सुरु भएको महोत्सव मंगलबार सकिँदैछ । महोत्सवमा पर्वतीय जनजीवन र कीर्तिमानी आरोहीबारे डकुमेन्ट्री देखाइएको महोत्सव संयोजक जिनेश सिन्दुराकारले जानकारी दिए । महोत्सवमै नेपाल पंक्षी  संरक्षण संघसँगको सहकार्यमा ‘साइलेन्ट बर्डस’ नामक गिद्ध संरक्षणबारे जनचेतनामूलक नाटक पनि देखाएको थियो । 
 

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ ।  बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...

थप पढ्नुहोस्

अन्र्तराष्ट्रिय:  नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

थप पढ्नुहोस्